नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा

नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा : Icon Khabar

जेनेभा, असोज १४ । फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ ।

कूल ३२ क्लबले मर्सिडिज बेन्ज स्टेडियम (एटलान्टा), बैङ्क अफ अमेरिका स्टेडियम (शार्लोट), टिक्युएल स्टेडियम (सिनसिनाटी), रोज बाउल स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी), जिइओडिआइएस पार्क (न्यासभिल), क्याम्पिङ वर्ल्ड स्टेडियम (ओर्लान्डो), इन्टर एन्ड को स्टेडियम (ओर्लान्डो), लिङ्कन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लुमेन फिल्ड (सिएटल) र अडी फिल्ड (वासिङ्टन, डि.सी) मा प्रतिस्पर्धा गर्नेछन् । साथै न्यूयोर्कको मेटलाइफ स्टेडियमले फाइनल खेल आयोजना गर्नेछ ।

प्रतियोगिता सन् २०२५ जुन १५ मा सुरु हुनेछ र फाइनल खेल जुलाई १३ मा हुनेछ ।

बत्तीस टोलीमध्ये दुई टोलीको अझै पुष्टि हुन बाँकी रहेकाले फिफाले डिसेम्बरमा एउटा दक्षिण अमेरिका र अर्को संयुक्त राज्य अमेरिकाबाट ड्र गर्नेछ । – रासस, सिन्ह्वा

Published Date: 30 September 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा