नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा

नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा : Icon Khabar

जेनेभा, असोज १४ । फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ ।

कूल ३२ क्लबले मर्सिडिज बेन्ज स्टेडियम (एटलान्टा), बैङ्क अफ अमेरिका स्टेडियम (शार्लोट), टिक्युएल स्टेडियम (सिनसिनाटी), रोज बाउल स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी), जिइओडिआइएस पार्क (न्यासभिल), क्याम्पिङ वर्ल्ड स्टेडियम (ओर्लान्डो), इन्टर एन्ड को स्टेडियम (ओर्लान्डो), लिङ्कन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लुमेन फिल्ड (सिएटल) र अडी फिल्ड (वासिङ्टन, डि.सी) मा प्रतिस्पर्धा गर्नेछन् । साथै न्यूयोर्कको मेटलाइफ स्टेडियमले फाइनल खेल आयोजना गर्नेछ ।

प्रतियोगिता सन् २०२५ जुन १५ मा सुरु हुनेछ र फाइनल खेल जुलाई १३ मा हुनेछ ।

बत्तीस टोलीमध्ये दुई टोलीको अझै पुष्टि हुन बाँकी रहेकाले फिफाले डिसेम्बरमा एउटा दक्षिण अमेरिका र अर्को संयुक्त राज्य अमेरिकाबाट ड्र गर्नेछ । – रासस, सिन्ह्वा

Published Date: 30 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक