विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा

विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा : Icon Khabar

तनहुँ, असोज १४ । बिहीबारदेखि परेको वर्षाका कारण बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।

वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सीमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नु परेको हो । पहिरोले सडक समेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए ।

नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको रेग्मीले बताए । बाढी पहिरोले जिल्लाका अन्य ठाउँमा समेत विद्युत् खम्बामा क्षति पुगेको रेग्मीले बताए । उनका अनुसार भानु नगरपालिकाको शेपाबगैंचा, व्यास नगरपालिकाको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठलगायत ठाउँमा पहिरोले विद्युत् खम्बामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2024
Website | + posts