अधिकांश तरकारी किलोको मूल्य रू १०० माथि

अधिकांश तरकारी किलोको मूल्य रू १०० माथि : Icon Khabar

काठमाडौं, असोज १४ । देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ ।

राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको छ ।

सोमबार अधिकांश तरकारी प्रतिकिलो १०० माथि पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो १२२ रुपैयाँ हाराहारी रहेको प्याज सोमबार १३५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, रातो आलु, मुला, च्याउ महँगिएको छ । साग तथा इस्कुस केही सस्तिएको छ । रातो आलु प्रतिकिलो ८२, भारतीय रातो आलु ६२ रुपैयाँमा कारोबार भएकाो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सोमबार स्थानीय बन्दा ११०, स्थानीय काउली १४०, लाम्चो भन्टा १००, डल्लो भन्टा १००, तने बोडी १२०, मकै बोडी १००, घिउ सिमी १००, तिते करेला १२०, लौका १००, घिरौंला १२०, रायो साग १००, पालुगो साग १००, हरियो प्याज २००, कन्य च्याउ २००, डल्ले च्याउ ४५०, ब्रोकाउली २०० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

Published Date: 30 September 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा