अधिकांश तरकारी किलोको मूल्य रू १०० माथि

अधिकांश तरकारी किलोको मूल्य रू १०० माथि : Icon Khabar

काठमाडौं, असोज १४ । देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ ।

राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको छ ।

सोमबार अधिकांश तरकारी प्रतिकिलो १०० माथि पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो १२२ रुपैयाँ हाराहारी रहेको प्याज सोमबार १३५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, रातो आलु, मुला, च्याउ महँगिएको छ । साग तथा इस्कुस केही सस्तिएको छ । रातो आलु प्रतिकिलो ८२, भारतीय रातो आलु ६२ रुपैयाँमा कारोबार भएकाो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सोमबार स्थानीय बन्दा ११०, स्थानीय काउली १४०, लाम्चो भन्टा १००, डल्लो भन्टा १००, तने बोडी १२०, मकै बोडी १००, घिउ सिमी १००, तिते करेला १२०, लौका १००, घिरौंला १२०, रायो साग १००, पालुगो साग १००, हरियो प्याज २००, कन्य च्याउ २००, डल्ले च्याउ ४५०, ब्रोकाउली २०० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2024
Website | + posts