कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो

कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो : Icon Khabar

मोरङ, असोज १० । कोशी ब्यारेजबाट आज (बिहीबार) साँझ एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बस  साँझ करिब ६ः०५ बजेतिर कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् । बस खसेको प्रारम्भिक जानकारी आएको तर थप विवरण खुलिनसकेको बताउँदै उनले भने, ‘हामी घटनास्थलतर्फ जादैछौं ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० जनाको उद्धार भएको छ । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन । बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन