कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो

कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो : Icon Khabar

मोरङ, असोज १० । कोशी ब्यारेजबाट आज (बिहीबार) साँझ एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बस  साँझ करिब ६ः०५ बजेतिर कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् । बस खसेको प्रारम्भिक जानकारी आएको तर थप विवरण खुलिनसकेको बताउँदै उनले भने, ‘हामी घटनास्थलतर्फ जादैछौं ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० जनाको उद्धार भएको छ । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन । बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो ।

Published Date: 26 September 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु