आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज ११ । आज २०८१ असोज ११ गते शुक्रवार, तद्अनुसार २७ सेप्टेम्बर २०२४ । आज असोज कृष्ण दशमी, शिव विष्टि, भद्रा पुष्य, सोह्र श्राद्ध अन्तर्गत आज दशमी श्राद्ध, विश्व पर्यटन दिवस, सूर्योदय बिहानः ०५ः५४ बजे, सूर्यास्त साँझः १७ः५४ बजे ।

आजको राशिफल

मेष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । स्वादिष्ट व्यञ्जनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । दिमागमा नयाँ विचार आउने छ ।

वृष: परिवारका कुनै व्यक्तिको स्वास्थ्यमा खर्च हुनेछ । फजूल खर्च बढ्ने छ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ । दाजु–भाइको सहयोग प्राप्त हुनेछ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । मान–सम्मान पाइने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । बुद्धिको प्रयोग गर्नु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

Published Date: 27 September 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु