कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषित

कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषित : Icon Khabar

मुगु, असोज १० । कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएको छ। चार वटै स्थानीय तह साक्षर घोषणा भएपछि सोमबार मुगुलाई ‘पूर्णसाक्षर जिल्ला’ घोषणा गरिएको हो।

साविक कर्णाली अञ्चलका चार जिल्लामध्ये मुगु पहिलो पूर्ण साक्षर जिल्ला बनेको छ। देशको ६५ औं साक्षर जिल्ला भएको छ। मुगुले साक्षर घोषित हुनु आवश्यक १२ वटा सूचकमध्ये ६ वटा पूरा गरेको छ। यहाँ १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक छ।

‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने सन्देशका साथ मुगुलाई साक्षर घोषणा गरिएको हो।

Published Date: 26 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग