कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषित

कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषित : Icon Khabar

मुगु, असोज १० । कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएको छ। चार वटै स्थानीय तह साक्षर घोषणा भएपछि सोमबार मुगुलाई ‘पूर्णसाक्षर जिल्ला’ घोषणा गरिएको हो।

साविक कर्णाली अञ्चलका चार जिल्लामध्ये मुगु पहिलो पूर्ण साक्षर जिल्ला बनेको छ। देशको ६५ औं साक्षर जिल्ला भएको छ। मुगुले साक्षर घोषित हुनु आवश्यक १२ वटा सूचकमध्ये ६ वटा पूरा गरेको छ। यहाँ १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक छ।

‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने सन्देशका साथ मुगुलाई साक्षर घोषणा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने