भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु : Icon Khabar

भक्तपुर, असोज १० । नेपालीहरुको महान पर्व शुभ विजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा बुधबारदेखि भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु भएको छ ।

उक्त महोत्सवको समुद्घाटन कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गरेका थिए । सो अवसरमा विशिष्ट अतिथि द्वय नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलेश कुमार अग्रवाल र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालका उपाध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष श्री राजेन्द्र मल्लले आर्थिक क्षेत्रले भोग्दै आएका समस्याहरुका विषयमा ध्यानाकर्षण गराएका थिए ।

समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री कविदास श्रेष्ठले स्वागत मन्तव्य र महोत्सवका संयोजक एवं सूर्यविनायक नगर चेम्बरका अध्यक्ष श्री माधव प्रसाद प्रजापतिले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी एक सय ६० स्टलहरु रहेको जनाइयो ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन विश्वास गरिएको छ ।

Published Date: 26 September 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी