विश्व वरीयतामा सन्दीप लामिछानेको ‘छलाङ’

विश्व वरीयतामा सन्दीप लामिछानेको ‘छलाङ’ : Icon Khabar

काठमाडौं, असोज १० । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एक दिवसीय क्रिकेटको अलराउण्डरमा उनले ठूलो छलाङ मारेका हुन् ।

आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा सन्दीप ४१ औं स्थानमा पुगेका छन् । एकैपल्ट २२ स्थान सुधार गरेका उनी समान १४७ अंकसहित अस्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडसँगै ४१औं स्थानमा पुगेका हुन् । बलिङतर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत छन् ।

अलराउण्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । यस्तै करण केसी ७६औं र गुल्शन झा ९१औं स्थानमा छन् । करणको यो ११ स्थान र गुल्शनको १३ स्थान सुधार हो ।  ब्याटिङ तर्फ आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा र कुशल भुर्तेल ४ स्थान तल झर्दै ८०औं स्थानमा पुगेका छन् । नेपाली टिम भने एक स्थान तल झर्दै १७ औं नम्बरमा ओर्लिएको छ । क्यानडाले वरीयतामा एकै पटक ४ स्थान सुधार गरेको छ ।

Published Date: 26 September 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर