आजदेखि सक्रिय मनसुनले शनिबारसम्म वर्षा गराउने

आजदेखि सक्रिय मनसुनले शनिबारसम्म वर्षा गराउने : Icon Khabar

काठमाडौँ, असोज ८ । मंगलबारदेखि सक्रिय भएको मनसुनले शनिबारसम्म सबै प्रदेशका केही स्थानहरूमा वर्षा गराउने पूर्वानुमान छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मंगलबारदेखि मनसुनी प्रणाली सक्रिय भएकाले सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको हो।

कृषि कर्महरू सुरू गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न विभागले आग्रह गरेको छ।

तराईका केही भूभागमा र पहाडका केही ठाउँमा धानबाली भित्र्याउने समय हुन लागेकाले धानबाली काट्न नहतारिन मौसमविद्ले सुझाव दिएका छन्।

यस वर्ष मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन लम्बिने सम्भावना छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६ गते) हो ।

तर यसपटक असोज २१ गतेसम्म रहने देखिएको मौसमविदहरूले बताएका छन्। यस वर्ष दसैंमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।

Published Date: 24 September 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी