आजदेखि सक्रिय मनसुनले शनिबारसम्म वर्षा गराउने

आजदेखि सक्रिय मनसुनले शनिबारसम्म वर्षा गराउने : Icon Khabar

काठमाडौँ, असोज ८ । मंगलबारदेखि सक्रिय भएको मनसुनले शनिबारसम्म सबै प्रदेशका केही स्थानहरूमा वर्षा गराउने पूर्वानुमान छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मंगलबारदेखि मनसुनी प्रणाली सक्रिय भएकाले सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको हो।

कृषि कर्महरू सुरू गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न विभागले आग्रह गरेको छ।

तराईका केही भूभागमा र पहाडका केही ठाउँमा धानबाली भित्र्याउने समय हुन लागेकाले धानबाली काट्न नहतारिन मौसमविद्ले सुझाव दिएका छन्।

यस वर्ष मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन लम्बिने सम्भावना छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६ गते) हो ।

तर यसपटक असोज २१ गतेसम्म रहने देखिएको मौसमविदहरूले बताएका छन्। यस वर्ष दसैंमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2024
Website | + posts