सन्दीप लामिछानेको मुद्दाको फैसाला अब सर्वोच्चले गर्ने

सन्दीप लामिछानेको मुद्दाको फैसाला अब सर्वोच्चले गर्ने : Icon Khabar

काठमाडौं,असोज ६ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

उक्त मुद्दाको फैसलाको पूर्णपाठ आएसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने राय दिएको थियो । त्यही फाइलको अध्ययन गरेपछि महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्धकको मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

महान्यायाधीवक्ता कार्यालयको यो निर्णय संगै हाल क्यानडामा क्रिकेट खेलिरहेका सन्दिप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नु पर्ने भएको छ ।

योसंगै अब सर्वोच्च अदालतले पुनरावेदन निवेदन दर्ता गराएपछि सन्दिपलाई झिकाउनु भन्दै म्याद जारी गर्छ । त्यसपछि सन्दिप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया प्रारम्भ हुने बताइन्छ ।

Published Date: 22 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड