सन्दीप लामिछानेको मुद्दाको फैसाला अब सर्वोच्चले गर्ने

सन्दीप लामिछानेको मुद्दाको फैसाला अब सर्वोच्चले गर्ने : Icon Khabar

काठमाडौं,असोज ६ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

उक्त मुद्दाको फैसलाको पूर्णपाठ आएसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने राय दिएको थियो । त्यही फाइलको अध्ययन गरेपछि महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्धकको मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

महान्यायाधीवक्ता कार्यालयको यो निर्णय संगै हाल क्यानडामा क्रिकेट खेलिरहेका सन्दिप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नु पर्ने भएको छ ।

योसंगै अब सर्वोच्च अदालतले पुनरावेदन निवेदन दर्ता गराएपछि सन्दिपलाई झिकाउनु भन्दै म्याद जारी गर्छ । त्यसपछि सन्दिप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया प्रारम्भ हुने बताइन्छ ।

Published Date: 22 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास