अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, असोज ६ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य आधि प्रतिशत भन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य ०.५२ प्रतिशत अर्थात ०.३९ डलरले घटेर प्रतिब्यारेल ७४.४९ डलरमा सीमित बनेको छ ।

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि ०.२२ प्रतिशत अर्थात ०.१६ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७१ डलर कायम भएको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीका कारण केही दिनअघि भने कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको थियो । गत बिहिबार ब्रेन्ट क्रुड आयलको मूल्य १.७ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.८८ डलर कायम भएको थियो ।

Published Date: 22 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास