अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, असोज ६ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य आधि प्रतिशत भन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य ०.५२ प्रतिशत अर्थात ०.३९ डलरले घटेर प्रतिब्यारेल ७४.४९ डलरमा सीमित बनेको छ ।

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि ०.२२ प्रतिशत अर्थात ०.१६ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७१ डलर कायम भएको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीका कारण केही दिनअघि भने कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको थियो । गत बिहिबार ब्रेन्ट क्रुड आयलको मूल्य १.७ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.८८ डलर कायम भएको थियो ।

Published Date: 22 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड