एन्फाले अझै पेश गरेन कार्ययोजना

एन्फाले अझै पेश गरेन कार्ययोजना : Icon Khabar

काठमाडौं, असोज ३ । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको  छैन् ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिन भित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नु पर्ने थियो ।

छलफल भएको एक महिना विति सक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिन भित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।

Published Date: 19 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास