एन्फाले अझै पेश गरेन कार्ययोजना

एन्फाले अझै पेश गरेन कार्ययोजना : Icon Khabar

काठमाडौं, असोज ३ । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको  छैन् ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिन भित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नु पर्ने थियो ।

छलफल भएको एक महिना विति सक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिन भित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।

Published Date: 19 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड