सूर्यविनायक नगरपालिकाको गाम्चाचोकमा नापतौल डोर सञ्चालन

सूर्यविनायक नगरपालिकाको गाम्चाचोकमा नापतौल डोर सञ्चालन : Icon Khabar

भक्तपुर, असोज ३ । सूर्यविनायक नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सूर्यविनायक नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रमअन्तर्गत बिहीबार सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित गाम्चा चोकमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । सूर्यविनायक नगरपालिकाको १ देखि ५ नं. वडाका व्यापारी व्यवसायीहरुलाई लक्षित गरी गाम्चा चोकमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।

संघका अनुसार सूर्यविनायक नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत शुक्रबार पनि गाम्चा चोकमा डोर कार्यालय राखेर टोलीले सेवा दिइनेछ । गत मंगलबार र बुधबा सूर्यविनायक नगरपालिकाको ६ देखि १० नं. वडाका व्यापारी व्यवसायीहरुलाई लक्षित गरी सूर्यविनायकस्थित लक्ष्मी मार्ट परिसरमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन भएको थियो ।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् ।

संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले व्यापारी व्यवसायीहरु नजिकै आफूलाई पायक गर्ने स्थानमै आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा खुसी भएका छन् । नापतौल डोर कार्यक्रमबाट व्यापारी व्यापारीहरु नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए ।

Published Date: 19 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड