सामसङले रोलेबल स्मार्टफोन ल्याउदै

सामसङले रोलेबल स्मार्टफोन ल्याउदै : Icon Khabar

काठमाडौं, असोज ३ । सामसङले घडीजस्तै बेर्न मिल्ने स्मार्टफोन बनाइरहेको खबर बाहिरिएको छ । फोल्डेबल स्मार्टफोन ल्याएर चर्चा बटुलेको सामसङले अब पहिलो रोलेबल (मोड्न/घुमाउन/बेर्न मिल्ने) फोन बजारमा ल्याउन लागेको हो ।

बाहिरिएको सूचना अनुसार यसका लागि सामसङले १२.४ इन्चको डिस्प्ले विकास गरिरहेको छ । यस प्रकारको स्मार्टफोन सन् २०२५ को मध्यसम्ममा सार्वजनिक हुने बताइएको छ । यदि यो फोन बजारमा आए स्मार्टफोनको नयाँ प्रकारको उदय हुने विश्लेषण गरिएको छ ।

द्यपि रोलेबल प्रविधिमा काम गर्ने पहिलो कम्पनी सामसङ होइन । यसअघि पनि अन्य कम्पनीले यस प्रकारको फोनको प्रोटोटाइप सार्वजनिक गरिसकेका छन् । तर व्यावसायिक रूपमा भने तिनले उत्पादन गरेका थिएनन् । अब यही प्रविधिलाई सामसङले व्यावसायिक रूपमा दिन खोजेको बुझिएको छ ।

Published Date: 19 September 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर