नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, असोज २ । नेसनल प्याव्सन भक्तपुरकोआयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा भक्तपुरको परागन स्कूल प्रथम, सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भएका थिए। साथै सुनपा ३ स्थित इडेन गार्डेन स्कुल र सुनपा १० मा रहेको विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा सम्मन्न उक्त लोक नृत्य प्रतियोगितामा तयारी १५ विद्यालयले आपसमा प्रतिस्पर्धा गरेका थिए ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गरेका थिए।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रमुख अतिथिलाई दोसल्ला ओडाई बधाइ एवं सफल र सफल कार्यकालको लागि शुभेच्छा दिएका थिए। अध्यक्ष खड्काले शैक्षिक सत्र २०८१ देखि विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएकोमा लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगाएतको उपस्थिति रहेको थियो।

Published Date: 18 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड