बुधबार नेप्से परिसूचक ४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यद्यपि, पछिल्ला कारोबार दिनहरुमा ५० अंकभन्दा बढी घटेको नेप्से, आज सामान्य घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ४ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ।

बजार निरन्तरजसो घटेसँगै कारोबार रकम सुस्ताउन थालेको छ। आज ३२० स्टकको ८० हजार ३७८ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख ५२ हजार कित्ता शेयर खरिबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो करिब साढे २ महिना यताकै न्यून कारोबार हो। यस अघि गत असार २६ गते नेप्सेमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको थियो। सोपश्चात यस दिन नै न्यून कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल फाइनान्सको करिब १७ करोडको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

Published Date: 18 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास