बुधबार नेप्से परिसूचक ४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यद्यपि, पछिल्ला कारोबार दिनहरुमा ५० अंकभन्दा बढी घटेको नेप्से, आज सामान्य घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ४ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ।

बजार निरन्तरजसो घटेसँगै कारोबार रकम सुस्ताउन थालेको छ। आज ३२० स्टकको ८० हजार ३७८ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख ५२ हजार कित्ता शेयर खरिबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो करिब साढे २ महिना यताकै न्यून कारोबार हो। यस अघि गत असार २६ गते नेप्सेमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको थियो। सोपश्चात यस दिन नै न्यून कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल फाइनान्सको करिब १७ करोडको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

Published Date: 18 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड