निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी भएन: सभामुख घिमिरे

निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी भएन: सभामुख घिमिरे : Icon Khabar

काठमाडौँ, असोज २ । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको अभावले गर्दा कर्मचारी हुन नसकेको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरू कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताएका हुन् ।

उनले भने , ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धको विषय छलफल हुनु जरुरी छ किनभने यो कसरी कार्यान्वयन भइरहेको छ, यसका सकारात्मक र नकारात्मक कुराहरु के हुन्, अब यसले के गर्नुपर्छ ? भन्ने जस्ता विषयमा छलफल गरिनुपर्छ । हामीले संविधानसम्मत ढंगबाट संघीयताको आधारमा तिनै तहका कानून बनाउने कुराहरू गर्न केही ढिला हुँदैन, कतिपय त अहिले पनि बनिरहेका छन् । संघीय निजामती ऐनको अभावमा तलका कर्मचारीहरू उत्तरदायी हुने र खासगरी प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने ? भन्ने कुरामा अहिले पनि व्यावहारिक कठिनाइहरू आएका छन् ।’

साथै, उनले संघीयताभित्रको प्रदेश सरकार जुन मात्रामा प्रभावकारी हुनुपर्ने हो त्यसमा कमि आएको बताए । उनले संघीयताको आधारमा प्रदेश र स्थानीय सरकारहरूले गरिरहेका प्रशासनिक र न्यायिक कामहरूको समिक्षा हुन जरुरी रहेको पनि बताए ।

Published Date: 18 September 2024
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय