राष्ट्रपति पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपति पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा : Icon Khabar

काठमाडौँ, भदौ ३१ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Published Date: 16 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड