नेपालबाट फिल्म ‘शाम्बाला’ ले आगामी ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने

नेपालबाट फिल्म ‘शाम्बाला’ ले आगामी ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने : Icon Khabar

काठमाडौं, भदौ ३० । मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।
नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने बिहीवार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइ सक्नु पर्नेछ ।

ओस्कार अवार्डको ९७ औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस एञ्जलसमा आयोजना हुँदैछ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत प्रदर्शन भएर प्रशंसा बटुलेको हालै काठमाडौंमा प्रीमियर शो अयाोजना गरिएको थियो, जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थिति रहेको थियो ।

Published Date: 15 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास