नेपालबाट फिल्म ‘शाम्बाला’ ले आगामी ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने

नेपालबाट फिल्म ‘शाम्बाला’ ले आगामी ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने : Icon Khabar

काठमाडौं, भदौ ३० । मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।
नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने बिहीवार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइ सक्नु पर्नेछ ।

ओस्कार अवार्डको ९७ औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस एञ्जलसमा आयोजना हुँदैछ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत प्रदर्शन भएर प्रशंसा बटुलेको हालै काठमाडौंमा प्रीमियर शो अयाोजना गरिएको थियो, जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थिति रहेको थियो ।

Published Date: 15 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड