किन हुन्छ किशोरावस्थामा रक्तअल्पता ?

किन हुन्छ किशोरावस्थामा रक्तअल्पता ? : Icon Khabar

काठमाडौं, भदौ ३० । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ। शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ।

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ?

– दैनिक खानामा पर्याप्त मात्रामा आईरनयुक्त खानेकुरा नखाएमा
– जुका जस्ता परजिवीको संक्रमणमा परेमा
– महिनावारी हुँदा धेरै रगत बगेमा
– यदि कुनै कारणवश रगत खेर गएमा वा घाउ/चोटपटक लागेमा

किशोरीहरूमा रक्तअल्पताले के हुन्छ?

– शारीरिक तथा बौद्धिक विकासमा कमी आउने
– सानो कदको, कम तौलको, ख्याउटे हुन सक्ने
– काम गर्ने तथा सिक्ने क्षमतामा कमी
– महिनावारी अनियमित हुन सक्ने
– किशोरीहरू रक्तअल्पता कै अवस्था लिएर वयस्क हुने र यसरी वयस्क भएका महिलाहरू गर्भवती हुँदा उनीहरूबाट महिना नपुगेका तथा कम तौल भएका शिशु जन्मने सम्भावना बढी हुने

किशोरीहरूमा रहेको उच्च रक्तअल्पतालाई कम गर्न आफ्नो समुदायमा पाइने आइरनयुक्त खानेकुराहरूको साथै साप्ताहिक रूपमा आइरन चक्की र ६-६ महिनामा जुकाको औषधि खानुपर्दछ। यसलाई आपतकालिन अवस्थामा पनि निरन्तरता दिनुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 15 September 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न