किन हुन्छ किशोरावस्थामा रक्तअल्पता ?

किन हुन्छ किशोरावस्थामा रक्तअल्पता ? : Icon Khabar

काठमाडौं, भदौ ३० । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ। शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ।

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ?

– दैनिक खानामा पर्याप्त मात्रामा आईरनयुक्त खानेकुरा नखाएमा
– जुका जस्ता परजिवीको संक्रमणमा परेमा
– महिनावारी हुँदा धेरै रगत बगेमा
– यदि कुनै कारणवश रगत खेर गएमा वा घाउ/चोटपटक लागेमा

किशोरीहरूमा रक्तअल्पताले के हुन्छ?

– शारीरिक तथा बौद्धिक विकासमा कमी आउने
– सानो कदको, कम तौलको, ख्याउटे हुन सक्ने
– काम गर्ने तथा सिक्ने क्षमतामा कमी
– महिनावारी अनियमित हुन सक्ने
– किशोरीहरू रक्तअल्पता कै अवस्था लिएर वयस्क हुने र यसरी वयस्क भएका महिलाहरू गर्भवती हुँदा उनीहरूबाट महिना नपुगेका तथा कम तौल भएका शिशु जन्मने सम्भावना बढी हुने

किशोरीहरूमा रहेको उच्च रक्तअल्पतालाई कम गर्न आफ्नो समुदायमा पाइने आइरनयुक्त खानेकुराहरूको साथै साप्ताहिक रूपमा आइरन चक्की र ६-६ महिनामा जुकाको औषधि खानुपर्दछ। यसलाई आपतकालिन अवस्थामा पनि निरन्तरता दिनुपर्दछ।

Published Date: 15 September 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा