भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन्

भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन् : Icon Khabar

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा खसेको गाडी भेटिएको छ ।क्रेनको सहयोगबाट खोज्ने क्रममा नदीमा आधा भन्दा बढी भाग डुबेको अवस्थामा  गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

बा २० च २१८५ नम्बरको बलेरो गाडी नदीबाट निकालिएको एसपी उनले बताएका छन् । गाडीमा मान्छे नभेटिएको र थप अनुसन्धान भइरहेको उनले बताएका छन् । खड्काले भने, ‘अहिले भर्खरै गाडी चाहिँ निकालियो, बा २० च २१८५ नम्बरको बलेरो रहेछ । तर गाडीमा कोही पनि छैनन् । गाडी कसले चलाएको, यो गाडी कसको हो, थप अनुसन्धान भइहरहेको छ ।’ शुक्रबार दिउँसो मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए ।

त्यस लगत्तै प्रहरीले भोटेकोशीको भेलामा गाडी खोजी सुरु गरेको थियो । यसैबीच सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले भने गाडी तातोपानीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको जनाएका छन् । बोलेरोमा चालक सिन्धुपाल्चोकको भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको भए पनि ठ्याक्कै भन्न सक्ने अवस्था नरहेको बताए ।

Published Date: 13 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड