भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन्

भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन् : Icon Khabar

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा खसेको गाडी भेटिएको छ ।क्रेनको सहयोगबाट खोज्ने क्रममा नदीमा आधा भन्दा बढी भाग डुबेको अवस्थामा  गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

बा २० च २१८५ नम्बरको बलेरो गाडी नदीबाट निकालिएको एसपी उनले बताएका छन् । गाडीमा मान्छे नभेटिएको र थप अनुसन्धान भइरहेको उनले बताएका छन् । खड्काले भने, ‘अहिले भर्खरै गाडी चाहिँ निकालियो, बा २० च २१८५ नम्बरको बलेरो रहेछ । तर गाडीमा कोही पनि छैनन् । गाडी कसले चलाएको, यो गाडी कसको हो, थप अनुसन्धान भइहरहेको छ ।’ शुक्रबार दिउँसो मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए ।

त्यस लगत्तै प्रहरीले भोटेकोशीको भेलामा गाडी खोजी सुरु गरेको थियो । यसैबीच सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले भने गाडी तातोपानीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको जनाएका छन् । बोलेरोमा चालक सिन्धुपाल्चोकको भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको भए पनि ठ्याक्कै भन्न सक्ने अवस्था नरहेको बताए ।

Published Date: 13 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास