नेपालमा असोज २६ गते विजया दशमी भएपनि अष्ट्रेलियामा असोज २७ गते मनाइने

नेपालमा असोज २६ गते विजया दशमी भएपनि अष्ट्रेलियामा असोज २७ गते मनाइने : Icon Khabar

काठमाडौं, भदौ २८ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजया दशमी मनाउनु पर्ने जनाएको छ ।

वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’ मा विजया दशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दशैँको टीका लगाउनुपर्ने जानकारी दिएको हो ।

समितिका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुसार चाड पर्वादि मनाउन स्पष्ट गरिएको छ ।

अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।

यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

Published Date: 13 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड