नेपालमा आईफोन १६ सिरिज अबको एक महिनाभित्र उपलब्ध हुने

नेपालमा आईफोन १६ सिरिज अबको एक महिनाभित्र उपलब्ध हुने : Icon Khabar

काठमाडौं, भदौ २८ । आईफोन १६ सिरिज अबको एक महिनाभित्र नेपालमा उपलब्ध हुने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले एक महिनामा यो सिरिज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

सिरिज अन्तर्गत आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स रहेका छन् । विश्वका विभिन्न बजारमा भने यो फोन २० सेप्टेम्बरदेखि उपलब्ध हुँदैछ ।

एप्पलले आईफोन १६ मा चार मोडेल र १३ स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ । यसअन्तर्गत आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा ठूलो परिवर्तन गर्दा प्रो मोडेलको डिजाइन पूर्ण रूपमा फेरिएको छ ।

Published Date: 13 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास