नेपालमा आईफोन १६ सिरिज अबको एक महिनाभित्र उपलब्ध हुने

नेपालमा आईफोन १६ सिरिज अबको एक महिनाभित्र उपलब्ध हुने : Icon Khabar

काठमाडौं, भदौ २८ । आईफोन १६ सिरिज अबको एक महिनाभित्र नेपालमा उपलब्ध हुने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले एक महिनामा यो सिरिज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

सिरिज अन्तर्गत आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स रहेका छन् । विश्वका विभिन्न बजारमा भने यो फोन २० सेप्टेम्बरदेखि उपलब्ध हुँदैछ ।

एप्पलले आईफोन १६ मा चार मोडेल र १३ स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ । यसअन्तर्गत आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा ठूलो परिवर्तन गर्दा प्रो मोडेलको डिजाइन पूर्ण रूपमा फेरिएको छ ।

Published Date: 13 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड