भक्तपुर घरेलु तथा साना उद्योग संघको २८ औं स्वायत्तता दिवस सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघको २८ औं स्वायत्तता दिवस सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ २८ । भक्तपुर घरेलु तथा साना उद्योग संघले २०५३ भाद्र २७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी स्वायत्तता प्राप्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष भाद्र २७ गते विभिन्न कार्यक्रमहरु गरि स्वायत्तता दिवस मनाउदै आइरहेको छ।

यस वर्ष पनि संघका उद्यमी व्यवसायी तथा भक्तपुरका क्रियाशिल संघ एव वस्तुगत संघको सहभागीतामा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन भयो।

सो अवसरमा संघले गरिरहेका विभिन्न कार्यहरुबारे संघका अध्यक्ष प्रेम खर्बुजाले कार्यपत्र प्रस्तुत गरे भने संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले उद्योग व्यवसाय दर्ता नविकरण तथा दर्ता गर्दा हुने फाइदा एवं प्रदेश ऐनहरुबारे जानकारी गराए।

उनले भक्तपुरको मौलिक उत्पादन जुजु धौ र ताईचिन बजि बिषयमा एमफिल गरिरहनु भएका भक्तपुर पर्यटन विकास समितिका कोषाध्यक्ष
रमिला दुवालले नेवारी संस्कारमा जुजु धौ र बजीको महत्व सम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संघ गठनको औचित्य र विगतमा संघले गरेका क्रियकलापबारे जानकारी गराउनुका साथै सामाजिक संस्थामा लाग्ने हो भने संघ प्रति खुराफात तथा संघमा राजनिति त्याग्नु पर्ने बताए। उनले सबैको आ आफ्नै आस्थाका राजनितिक पार्टी होला तर संघमा प्रवेश गर्नुपुर्व बाहिर ढोकाबाट राजनिति त्यागेर आउनु पर्ने बताए।

त्यसैगरि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले भक्तपुरका लघु घरेलु तथा साना उद्योगहरुको उत्थानको लागि सबै उद्यमी व्यवसायीहरुको छाता संगठन एकजुट भई लाग्नु पर्ने बताए भने नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले जिल्लाले केन्द्रसँग पनि सहकार्य गरी विभिन्न कार्यक्रम गर्न सक्ने बताईन् ।

कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश शर्माले भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समिति मिलेर गरि रहेको गो लोकल कार्यक्रम फुटटुरबारे जानकारी गराउनु साथै गो लोकल अन्तर्गतका उत्पादनहरुको कथा बनाउन तथ्थाङ्ग संकलन गरिरहेको र यस विषयमा अध्ययरत विद्यार्थीहरुलाई विभिन्न सूचनाहरु प्रवाह गरी सहयोग गरिरहेको जानकारी गराए भने काठमाडौँ घरेलु तथा साना उद्योग संघकी अध्यक्ष सीता कार्किले ७७ जिल्लामध्ये भक्तपुर अग्रणी भएको जानकारी गराउँदै भक्तपुर घरेलु तथा साना उद्योग संघको
कार्यलाई अन्य जिल्ला संघले अनुसरण गर्नुपर्ने बताईन्।

कार्यक्रममा भक्तपुर किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद चवाल भक्तपुर घरेलु तथास ना उद्योग संघ महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ तथा संघका सचिव श्यामसुन्दर श्रेष्ठले लघु घरेलु तथा साना उद्योग विकासको लागि संघले गरिरेहेको योगदानबारे चर्चा गरे।

संघका नयाँ सदस्यलाई प्रमुख अतिथि श्रेष्ठले प्रमाण पत्र पनि वितरण गरेका थिए । कार्यक्रममा संघको २८ औ स्वायत्तता दिवसको उपलक्ष्यमा भक्तपुर हस्तकला आर्टका प्रोपाईटर विरेन्द्र माकज्यूले संघलाई मायाको चिनो पनि प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू