बुधबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्यो

बुधबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ २६ । सुनको भाउले आज (भदौ २६ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि भदौ २१ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ कायम रहेको थियो ।

मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १७ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 11 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड