बुधबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्यो

बुधबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ २६ । सुनको भाउले आज (भदौ २६ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि भदौ २१ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ कायम रहेको थियो ।

मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १७ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 11 September 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा