इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुग्यो

इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुग्यो : Icon Khabar

गाजापट्टी, भदौ २६ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुगेको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताइएको छ । साथै सय जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको सङ्ख्या ४१ हजार २० पुगेको छ ।

प्यालेस्टिनी–इजरायली सङ्घर्ष अक्टोबर २०२३ को सुरु भएदेखि ९४ हजार ९२५ जना घाइते भएका छन् ।

मङ्गलवार दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ६० भन्दा बढी घाइते भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 11 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास