इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुग्यो

इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुग्यो : Icon Khabar

गाजापट्टी, भदौ २६ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुगेको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताइएको छ । साथै सय जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको सङ्ख्या ४१ हजार २० पुगेको छ ।

प्यालेस्टिनी–इजरायली सङ्घर्ष अक्टोबर २०२३ को सुरु भएदेखि ९४ हजार ९२५ जना घाइते भएका छन् ।

मङ्गलवार दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ६० भन्दा बढी घाइते भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 11 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड