पाराग्वेसँग ब्राजिल १-० ले पराजित

पाराग्वेसँग ब्राजिल १-० ले पराजित : Icon Khabar

काठमाडौं, भदौ २६ । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग स्तब्ध भएको छ । पाराग्वेले ब्राजिललाई १-० ले पराजित गरेको हो ।

पाराग्वेका लागि डिएगो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको २०औं मिनेट उत्कृष्ट गोल गर्दै पारग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो ।

छनोटमा दोस्रो जित निकालेको पारग्वे ८ खेलबाट ९ अंकसहित सातौं स्थानमा उक्लेको छ । ब्राजिलक यो चौथो हार हो । ८ खेलबाट १० अंक रहेको ब्रानिल पाँचौ स्थानमै छ ।

अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानम छ । समान खेलबाट १६ अंकसहित कोलम्बिया दोस्रो स्थानमा छ ।

Published Date: 11 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास