ड्राइभिङ लाइसेन्सका लागि ट्रायल पास गरेकाले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

ड्राइभिङ लाइसेन्सका लागि ट्रायल पास गरेकाले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने : Icon Khabar

काठमाडौं, भदौ २३ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास गरेका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् । स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद दिन लागिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २९ साउनमा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले सवारी चालक पहिचानका लागि फोटो र क्यूआर कोड सहितको रसिद वितरण गर्ने योजना ल्याएको रिजालले सुनाए । यसका साथै ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिड’ गर्ने मेसिन उपलब्ध गराइने भएको छ ।

यसअघि सबै स्मार्ट लाइसेन्सको छपाइ सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले गर्दै आएकोमा अब प्रदेशस्थित यातायात कार्यालयहरूबाट पनि हुने उनले जनाए ।

हाल देशैभर गरी ट्रायल पास गरेका १७ लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ । उनीहरूले नाम, नागरिकता नम्बर, लाइसेन्स नम्बर उल्लेख गरिएको रसिद बोकेर स्मार्ट लाइसेन्सको काम चलाइरहेका छन् ।

Published Date: 08 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास