ड्राइभिङ लाइसेन्सका लागि ट्रायल पास गरेकाले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

ड्राइभिङ लाइसेन्सका लागि ट्रायल पास गरेकाले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने : Icon Khabar

काठमाडौं, भदौ २३ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास गरेका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् । स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद दिन लागिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २९ साउनमा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले सवारी चालक पहिचानका लागि फोटो र क्यूआर कोड सहितको रसिद वितरण गर्ने योजना ल्याएको रिजालले सुनाए । यसका साथै ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिड’ गर्ने मेसिन उपलब्ध गराइने भएको छ ।

यसअघि सबै स्मार्ट लाइसेन्सको छपाइ सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले गर्दै आएकोमा अब प्रदेशस्थित यातायात कार्यालयहरूबाट पनि हुने उनले जनाए ।

हाल देशैभर गरी ट्रायल पास गरेका १७ लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ । उनीहरूले नाम, नागरिकता नम्बर, लाइसेन्स नम्बर उल्लेख गरिएको रसिद बोकेर स्मार्ट लाइसेन्सको काम चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन