आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ २४ । आज २०८१ भदौ २४ गते सोमबार, तद्अनुसार ९ सेप्टेम्बर २०२४ । आज भदौ शुक्ल षष्ठी, सूर्य षष्ठी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृति योग, कौलव करण, सूर्योदय बिहान ०५ः४६ बजे, सूर्यास्त साँझ १८ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा रुचि रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: व्यवसाय सामान्य चल्ने छ । ठूला मानिसको सल्लाह मान्नु भयो भने लाग हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथुन: व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यहरुको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । प्रयास बढी गर्नु पर्नेछ, धैर्य राख्नु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजारमा सफलता मिल्ने छ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायको गति सुस्त हुनेछ । कुनै ठूलो समस्या आउन सक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: व्यापारमा वृद्धि हुनेछ । नयाँ योजना बन्ने छ, जसको तत्काल लाभ पाइने छ । यश बढ्ने छ ।

Published Date: 09 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय