बालोन डे’ओरको ३० जनाको मनोनयन सूची सार्वजनिक : परेनन् मेसी र रोनाल्डो

बालोन डे’ओरको ३० जनाको मनोनयन सूची सार्वजनिक : परेनन् मेसी र रोनाल्डो : Icon Khabar

काठमाडौं, भदौ २० ।  फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओर अन्तर्गत पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सूची सार्वजनिक भएको छ । बालोन डी’ओर २०२४ अवार्डका लागि ३० जना खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । मनोनयनमा आठ पटकको विजेता मेस्सी र पाँच पटक अवार्ड जितेका रोेनाल्डो चाहिँ परेका छैनन् ।

अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी सूचीमा छैनन् । मेस्सीले २०२३ मा पुरस्कार पाएका थिए । यस्तै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि मनोनयनको सूचीमा छैनन् । सन् २००३ पछि फुटबलका हस्ती रोनाल्डो वा मेस्सी दुवै सूचीमा नपरेको यो पहिलोपटक हो । रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए । सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन् ।

३० जनाको प्रारम्भिक सूचीमा पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो र स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल परेका छन् । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला फुएन्टे, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो गास्पेरिनी छन् ।

यस्तै महिलातर्फ मनोनयनमा परेका खेलाडीमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्स लगायत छन् । महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् । उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् भने वर्षको उत्कृष्ट क्लबतर्फ रियल मड्रिड, म्यानचेष्टर सिटी, बायर लेभरकुजन, बोरुसिया डर्टमण्ड र जिरोना रहेका छन् ।

Published Date: 05 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड