आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, भदौ २१ । आज २०८१ भदौ २१ गते शुक्रबार, तद्अनुसार ६ सेप्टेम्बर २०२४ । आज सूर्य दक्षिणायनं, वर्षा ऋतु, भदौ शुक्ल तृतीया, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शुक्ल योग, गर करण, आज हरितालिका तीज, सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ १८ः१८ बजे हुनेछ ।

आजको राशिफल

मेष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । स्वादिष्ट व्यञ्जनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । दिमागमा नयाँ विचार आउने छ ।

वृष: परिवारका कुनै व्यक्तिको स्वास्थ्यमा खर्च हुनेछ । फजूल खर्च बढ्ने छ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ । दाजु–भाइको सहयोग प्राप्त हुनेछ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । मान–सम्मान पाइने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । बुद्धिको प्रयोग गर्नु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

Published Date: 06 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय