काठमाडौं सुन्दरीजलमा युवतीको शव फेला

काठमाडौं सुन्दरीजलमा युवतीको शव फेला : Icon Khabar

काठमाडौं, भदौ २० । काठमाडौं सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव फेला परेको हो । प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

‘शव भेटिएको खबर पाउना साथ हाम्रो टोली घटनास्थलमा पुगेको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं  र आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गरी मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको छ ।

Published Date: 05 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड