काठमाडौं सुन्दरीजलमा युवतीको शव फेला

काठमाडौं सुन्दरीजलमा युवतीको शव फेला : Icon Khabar

काठमाडौं, भदौ २० । काठमाडौं सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव फेला परेको हो । प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

‘शव भेटिएको खबर पाउना साथ हाम्रो टोली घटनास्थलमा पुगेको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं  र आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गरी मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको छ ।

Published Date: 05 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास