उदयपुरमा आमा र छोराको हत्या

उदयपुरमा आमा र छोराको हत्या : Icon Khabar

काठमाडौँ, भदौ २० । उदयपुरमा आमा र छोराको हत्या भएको छ । कटारी नगरपालिका-१० सोरुङ छविसेकाे एक किराना पसलमा निर्मला थापा र उनका छोरा आरुस थापाको शव भेटिएको हो। बिहीबार बिहान वडा कार्यालय नजिकै रहेकाे थापाकै किराना पसलमा उनीहरूकाे शव फेला परेकाे हाे ।

४० वर्षकी निर्मला भुइँमा घोप्टो परेको र उनका ६ वर्षका छाेरा आरुसकाे खाटमा रक्ताम्य अवस्थामा शव फेला परेको हाे । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीले यस घटनाबारे जानकारी पाउनासाथ आज बिहानै घटनास्थलतर्फ प्रहरी चौकी बतासेबाट टाेली पठाएकाे थियाे । प्रहरीले अनुसन्धान प्रकृया अघि बढाइसकेकाे छ ।

Published Date: 05 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड