उदयपुरमा आमा र छोराको हत्या

उदयपुरमा आमा र छोराको हत्या : Icon Khabar

काठमाडौँ, भदौ २० । उदयपुरमा आमा र छोराको हत्या भएको छ । कटारी नगरपालिका-१० सोरुङ छविसेकाे एक किराना पसलमा निर्मला थापा र उनका छोरा आरुस थापाको शव भेटिएको हो। बिहीबार बिहान वडा कार्यालय नजिकै रहेकाे थापाकै किराना पसलमा उनीहरूकाे शव फेला परेकाे हाे ।

४० वर्षकी निर्मला भुइँमा घोप्टो परेको र उनका ६ वर्षका छाेरा आरुसकाे खाटमा रक्ताम्य अवस्थामा शव फेला परेको हाे । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीले यस घटनाबारे जानकारी पाउनासाथ आज बिहानै घटनास्थलतर्फ प्रहरी चौकी बतासेबाट टाेली पठाएकाे थियाे । प्रहरीले अनुसन्धान प्रकृया अघि बढाइसकेकाे छ ।

Published Date: 05 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास