चीनले अफ्रिकालाई ५० अर्ब डलरको वित्तीय सहयोग गर्ने

चीनले अफ्रिकालाई ५० अर्ब डलरको वित्तीय सहयोग गर्ने : Icon Khabar

काठमाडौं, भदौ २० । चिनियाँ राष्ट्रपति सी जिन्पिङले बिहीबार आगामी ३ वर्षमा अफ्रिकाका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढीको वित्तीय सहायता दिने वाचा गरेका छन् । महामारीपछि बेइजिङमा आयोजना गरिएको सबैभन्दा ठूलो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिज्ञा समेत गरेको भोइस अफ अमेरिकाले जनाएको छ ।

चीनको राज्य सञ्चारमाध्यमका अनुसार यस हप्ताको चीन-अफ्रिका फोरममा ५० भन्दा बढी अफ्रिकी नेताहरु र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सहभागी छन् । अफ्रिकी नेताहरुले यस हप्तामा नै पूर्वाधार, कृषि, खानी, व्यापार र उर्जामा थप सहकार्यका लागि सम्झौता गरेका छन् ।

बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा बिहीबार बिहान फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै, सीले अफ्रिकासँगको सम्बन्धलाई ‘इतिहासकै उत्कृष्ट अवधि’ भन्दै प्रशंसा गरे । ‘चीन अफ्रिकी देशहरुसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहकार्यलाई गहिरो बनाउन तयार छ,’ उनले भने, ‘आगामी ३ वर्षमा चिनियाँ सरकारले ५०.७ अर्ब अमेरिकी डलरको वित्तीय सहयोग प्रदान गर्न इच्छुक छ,’ सीले भने ।

त्यसमध्ये आधाभन्दा बढी ऋणको रुपमा हुनेछ भने ११ अर्ब अमेरिकी डलर विभिन्न प्रकारका सहयोगका रुपमा र १० अर्ब अमेरिकी डलर चिनियाँ कम्पनीहरुलाई लगानीमा प्रोत्साहन दिने गरी प्रदान गरिनेछ । उनले अफ्रिकाका लागि कम्तीमा १ लाख रोजगारी सृजना गर्न मद्दत गर्ने वाचा पनि गरे ।

Published Date: 05 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड