चीनले अफ्रिकालाई ५० अर्ब डलरको वित्तीय सहयोग गर्ने

चीनले अफ्रिकालाई ५० अर्ब डलरको वित्तीय सहयोग गर्ने : Icon Khabar

काठमाडौं, भदौ २० । चिनियाँ राष्ट्रपति सी जिन्पिङले बिहीबार आगामी ३ वर्षमा अफ्रिकाका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढीको वित्तीय सहायता दिने वाचा गरेका छन् । महामारीपछि बेइजिङमा आयोजना गरिएको सबैभन्दा ठूलो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिज्ञा समेत गरेको भोइस अफ अमेरिकाले जनाएको छ ।

चीनको राज्य सञ्चारमाध्यमका अनुसार यस हप्ताको चीन-अफ्रिका फोरममा ५० भन्दा बढी अफ्रिकी नेताहरु र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सहभागी छन् । अफ्रिकी नेताहरुले यस हप्तामा नै पूर्वाधार, कृषि, खानी, व्यापार र उर्जामा थप सहकार्यका लागि सम्झौता गरेका छन् ।

बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा बिहीबार बिहान फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै, सीले अफ्रिकासँगको सम्बन्धलाई ‘इतिहासकै उत्कृष्ट अवधि’ भन्दै प्रशंसा गरे । ‘चीन अफ्रिकी देशहरुसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहकार्यलाई गहिरो बनाउन तयार छ,’ उनले भने, ‘आगामी ३ वर्षमा चिनियाँ सरकारले ५०.७ अर्ब अमेरिकी डलरको वित्तीय सहयोग प्रदान गर्न इच्छुक छ,’ सीले भने ।

त्यसमध्ये आधाभन्दा बढी ऋणको रुपमा हुनेछ भने ११ अर्ब अमेरिकी डलर विभिन्न प्रकारका सहयोगका रुपमा र १० अर्ब अमेरिकी डलर चिनियाँ कम्पनीहरुलाई लगानीमा प्रोत्साहन दिने गरी प्रदान गरिनेछ । उनले अफ्रिकाका लागि कम्तीमा १ लाख रोजगारी सृजना गर्न मद्दत गर्ने वाचा पनि गरे ।

Published Date: 05 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय