अमेरिकामा फेरि एक नेपाली युवक मृत भेटिए

अमेरिकामा फेरि एक नेपाली युवक मृत भेटिए : Icon Khabar

काठमाडौँ, भदौ १७ । अमेरिकामा एक नेपाली युवक मृत्त भेटिएका छन् । नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन् । उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको अमेरिकाबाट पत्रकार राजेश खत्रीले जानकारी दिएका छन् ।

सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए ।  प्रधान २७ अगष्टका दिन दिउँसो २ बजे काम सकेर कोठामा फर्किएका थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । मृत्युको कारण पत्ता लागेपछि मात्रै शव नेपाल पठाइने भएको छ । प्रधानका श्रीमती, एक छोरा र एक छोरीसहितको परिवार नेपालमा छ ।

Published Date: 02 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड