अमेरिकामा फेरि एक नेपाली युवक मृत भेटिए

अमेरिकामा फेरि एक नेपाली युवक मृत भेटिए : Icon Khabar

काठमाडौँ, भदौ १७ । अमेरिकामा एक नेपाली युवक मृत्त भेटिएका छन् । नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन् । उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको अमेरिकाबाट पत्रकार राजेश खत्रीले जानकारी दिएका छन् ।

सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए ।  प्रधान २७ अगष्टका दिन दिउँसो २ बजे काम सकेर कोठामा फर्किएका थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । मृत्युको कारण पत्ता लागेपछि मात्रै शव नेपाल पठाइने भएको छ । प्रधानका श्रीमती, एक छोरा र एक छोरीसहितको परिवार नेपालमा छ ।

Published Date: 02 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास