शाहरुख बलिउडमा सबै भन्दा धनी, शीर्ष पाँचमा को–को छन् ?

शाहरुख बलिउडमा सबै भन्दा धनी, शीर्ष पाँचमा को–को छन् ? : Icon Khabar

मुम्बई, भदौ १७  । बलिउडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् । जस अनुसार शाहरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबाट कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आईपीएल टिम कोलकोता नाइट राइडर्स समेत रहेको छ ।

त्यस्तै बलिवुडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ ।
त्यसपछि बलिवुड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ । त्यस्तै पाँचौं स्थानमा बलिवुडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनि धर्मा प्रोडक्सन रहेको छ ।

Published Date: 02 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड