एमबाप्पेको‌ गोलमा रियलको जित

एमबाप्पेको‌ गोलमा रियलको जित : Icon Khabar

काठमाडौँ, भदौ १७ । केलियन एमबाप्पेले स्पेनिस ला लिगामा गोलको खाता खोलेका छन् । एमबाप्पेले २ गाोल गरेपछि आइतवारको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० ले हराएको छ।

फ्रान्सेली फरवार्डले ६७औं मिनेटमा भालभार्डेको पासमा गोल गर्दै टोलीलाई अघि बढाए । दोस्रो गोल उनले ७५ औं मिनेटमा पेनाल्टीमा गरे। बेटिसका गोलकिपर रुइ सिल्भाले भिनिसियस जुनियरलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो।

युइएफए सुपर कपमा एटलान्टा विरुद्ध फाइनल जुन एमबाप्पेको रियलबाट डेब्यु खेल थियो। त्यो खेल गोल गरेका एमबाप्पेले ला लिगाका सुरुवाती‌ ३ खेलमा गोल गर्न सकेका थिएनन्।

२५ वर्षीय एमबाप्पे यहि सिजन पेरिस सेन्ट जर्मेनबाट रियल गएका थिए। पिएसजीमा २ सय ५६ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले नयाँ चुनौतिका लागि रियलको बाटो रोजेका थिए।

ला लिगामा २५ औं सर्टमा एमबाप्पे पहिलो गोल गर्न सफल भएका हुन्। ४ खेलमा समान २ जित र २ बराबरीका‌ साथ रियलको ८ अंक पुगेको छ। १२ अंकसहित बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। बेटिसको २ अंक छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2024
Website | + posts