देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि

देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि : Icon Khabar

काठमाडौँ, भदौ १६ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले अनुसार तनहुँमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार ११६, कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी गोरखामा २४५, झापामा १६३, मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पामा १०१ जनामा डेंगु पुष्टि भएको ईडिसिडीले जनाएको छ।

प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ६२३, गण्डकी प्रदेशमा दुई हजार ९५४, कोशी प्रदेशमा ७९१, लुम्बिनी प्रदेशमा ४४४, सुदूरपश्चिम प्रदेशमा ३४२, मधेश प्रदेशमा एक सय जनामा जनामा डेंगु पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। डा. चालिसेका अनुसार एक्कासि उच्च ज्वरो आउने मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन। चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो।

डेंगुबाट बच्ने उपाय पानी जम्मा गरेर राखिएको पानीको ट्याङ्की, ड्रम, बाल्टी लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्न डा. दाहालका आग्रह छ।

पुरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्न डा. दाहालको सुझाव छ।

घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न उहाँले अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता