भक्तपुरमा दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल हुने

भक्तपुरमा दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल हुने : Icon Khabar

भक्तपुर, भदौ १६ । भक्तपुरको लोकप्रिय तथा २०७९ सालको वर्ष उत्कृष्ट क्लबको उपाधिले सम्मानित भएको भक्तपुर जिल्लाकै कृयाशिल फुटबल क्लब भक्तपुर फुटबल क्लबले राष्ट्रिय रुपमै आफ्नै मौलिकता झल्किने गरि दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारी भक्तपुर जिल्लाका लेजेण्ड खेलाडी स्वर्गिय रामहरी श्रेष्ठको सम्झनामा दोस्रो संकरणको भक्तपुर ग्रासरुट्स डे फुटबल फेष्टिभल आगामी भदौ २९ गते गर्ने भएको हो।

जिल्ला प्याबसन, साइकल कनेक्ट भक्तपुर, एड्भेन्चर क्र्यु, फुटबल फन्डमेन्टल ट्रेनिङ्ग, जुजु बाइक्स, रुटिन अफ नेपाली फुटबल लगायतका संघसंस्थासंग सह‌कार्य गरी सञ्चालन हुने ग्रासरुट्स डे फुटबल फेस्टिभल यो पटक भने समुदाय बेसिसमा सबै प्रकारका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सम्मान सहभागिता होस भन्ने हेतुले सामुदायिक ४ वटा विद्यालयलाई क्लब आफैले प्रायोजन गरि सहभागिता गराइएको छ ।

भक्तपुर जिल्लाका चारवटै नगरपालिकाबाट जम्मा २० वटा विद्यालयको सहभागिता हुने भनिएको यस कार्यक्रम अब भने २४ वटा बिद्यालयको सहभागिता रहने क्लबका सचिव प्रविन लाखेमरुले आइकन खबरलाई जानकारी दिए।

उक्त कार्यक्रममा फुटबल महोत्सवका रुपमा सञ्चालन हुने कार्यक्रममा साइकल कनेक्ट भक्तपुर लगायत विभिन्न संस्थाबाट मनोरञ्जनात्मक गतिविधिसमेत प्रस्तुत गर्ने तालिका रहेको बताइएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय टिम सम्हाली सकेका चर्चित अनुहारहरु तथा अनुभवी प्रशिक्षकहरु बर्तमान चर्चित खेलाडीहरु तथा भक्तपुर जिल्लाका पुर्ब फुटबल खेलाडीहरुको उल्लेख्य सहभागिता पनि रहने भनिएको छ ।

त्यसअघि गत वर्ष पनि क्लबले ११ वटा स्कुलको सहभागितामा प्रथम भक्तपुर ग्रासरुट्स डे सम्पन्न गरेको थियो ।

ग्रासरुट स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ भक्तपुर फुटबल क्लबले प्रत्येक हप्ताको शनिवार ग्रासरुट कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ भने क्लबले हाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको प्रत्यक्ष प्रशिक्षणमा आफ्नै एकेडेमी पनि संचालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Published Date: 01 September 2024
Website | + posts