गर्मीमा पुग्नैपर्ने गन्तब्य : भक्तपुरको मुहान पोखरी झरना (फोटो फिचर)

गर्मीमा पुग्नैपर्ने गन्तब्य : भक्तपुरको मुहान पोखरी झरना (फोटो फिचर) : Icon Khabar
तस्बिर : अमित श्यामा

भक्तपुर, भदौ १६ । उपत्यकामा गर्मी बढेसँगै गर्मी छल्न नजिकैका खोला, झरनालगायतका पानीका मुहान धाउनेहरु बढेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित मुहान पोखरीको झरनामा पनि हिजोआज गर्मी छल्न जाने युवायुवतीहरु प्रशस्त भेटिन्छन् ।

गर्मी बढेसँगै झरनामा नुहाउन आउनेको संख्या बढेको छ । उपत्यकाबाट नजिक भएकाले सार्वजनिक बिदाका दिनमा मुहान पोखरी आउने सर्वसाधारणको भिड लाग्ने गर्छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा मुहान पोखरी झरना पर्दछ । यो झरना गर्मी छल्ने उत्कृष्ट गन्तव्य हुन सक्छ । यो झरनाले विदाका दिनलाई निकै रमाइलो बनाउने पक्का छ ।

भक्तपुर चाँगुनारायणमा रहेको यो मुहान पोखरीमा जानका लागि भक्तपुरबाट खरिपाटी हुँदै जान सकिन्छ । खरिपाटीबाट १५–२० मिनेटको बाटो काटेपछि उक्त झरनामा पुग्न सकिन्छ । अहिले धेरै मानिसहरु यो गन्तव्यमा पुग्ने र रमाउने गरेका छन् ।

नगरकोटको महादेव कुण्डबाट बगेर आउने खोला मुहान पोखरीमा आएपछि झरना बन्दछ । त्यो झरना बग्दै आएर हनुमन्ते खोला हुँदै बागमती नदीमा मिसिने गर्दछ ।

Published Date: 01 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड