गर्मीमा पुग्नैपर्ने गन्तब्य : भक्तपुरको मुहान पोखरी झरना (फोटो फिचर)

गर्मीमा पुग्नैपर्ने गन्तब्य : भक्तपुरको मुहान पोखरी झरना (फोटो फिचर) : Icon Khabar
तस्बिर : अमित श्यामा

भक्तपुर, भदौ १६ । उपत्यकामा गर्मी बढेसँगै गर्मी छल्न नजिकैका खोला, झरनालगायतका पानीका मुहान धाउनेहरु बढेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित मुहान पोखरीको झरनामा पनि हिजोआज गर्मी छल्न जाने युवायुवतीहरु प्रशस्त भेटिन्छन् ।

गर्मी बढेसँगै झरनामा नुहाउन आउनेको संख्या बढेको छ । उपत्यकाबाट नजिक भएकाले सार्वजनिक बिदाका दिनमा मुहान पोखरी आउने सर्वसाधारणको भिड लाग्ने गर्छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा मुहान पोखरी झरना पर्दछ । यो झरना गर्मी छल्ने उत्कृष्ट गन्तव्य हुन सक्छ । यो झरनाले विदाका दिनलाई निकै रमाइलो बनाउने पक्का छ ।

भक्तपुर चाँगुनारायणमा रहेको यो मुहान पोखरीमा जानका लागि भक्तपुरबाट खरिपाटी हुँदै जान सकिन्छ । खरिपाटीबाट १५–२० मिनेटको बाटो काटेपछि उक्त झरनामा पुग्न सकिन्छ । अहिले धेरै मानिसहरु यो गन्तव्यमा पुग्ने र रमाउने गरेका छन् ।

नगरकोटको महादेव कुण्डबाट बगेर आउने खोला मुहान पोखरीमा आएपछि झरना बन्दछ । त्यो झरना बग्दै आएर हनुमन्ते खोला हुँदै बागमती नदीमा मिसिने गर्दछ ।

Published Date: 01 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास