यो साताको नेप्से परिसूचक कस्तो रहयो ?

यो साताको नेप्से परिसूचक कस्तो रहयो ? : Icon Khabar

काठमाडौँ, भदौ १४ । यो साताको चार दिन सेयर बजारको कारोबार भयो । अघिल्लो साताको अन्तिम दिन ६ अंकको वृद्धि भएको बजार यो साताको पहिलो दिन नै ७९.८८ अंकले घट्न पुग्यो ।

आइतबार परिसूचक २८९४ बिन्दुमा पुगेर कारोबार रोकियो । सोमबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन ।

मंगलबार बजारमा भारी करेक्सन देखियो । १११.९६ अंकले बजार घट्दै परिसूचक २७८२.६० बिन्दुमा झ¥यो । बुधबार कारोबारको अन्तिम समयमा आएर बजारमा झिनो अंकको वृद्धि भयो । त्यो दिन ३.८० अंकले परिसूचक उक्लियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले बजार करेक्सनमा गयो । तीव्र उतारचढावका बीच बिहीबार परिसूचक २८०० बिन्दुसम्म उक्लिएको थियो । अन्त्यमा २७४९.५७ बिन्दुमा आएर कारोबार रोकियो ।

बिहीबार ३२२ कम्पनीको २८ लाख ३४ हजार सेयर खरिदबिक्री भयो । नेप्सेका अनुसार यस दिन कुल १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भयो ।

नेप्से परिसूचकसँगै यो साता कारोबार रकम पनि घट्यो । आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबार १८ अर्ब ४६ करोड र बुधबार १३ अर्ब ४९ करोडको सेयर किनबेच भयो । यो साताको नेप्से परिसूचकको उच्च बिन्दु २८९४ बिन्दु रह्यो ।

अघिल्लो साता तीन दिनमात्रै सेयर कारोबार भएको थियो । जसमा परिसूचक १० अंकले उक्लिएको थियो । अघिल्लो साताको उच्च बिन्दु २९७४ थियो ।

Published Date: 30 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड