यो साताको नेप्से परिसूचक कस्तो रहयो ?

यो साताको नेप्से परिसूचक कस्तो रहयो ? : Icon Khabar

काठमाडौँ, भदौ १४ । यो साताको चार दिन सेयर बजारको कारोबार भयो । अघिल्लो साताको अन्तिम दिन ६ अंकको वृद्धि भएको बजार यो साताको पहिलो दिन नै ७९.८८ अंकले घट्न पुग्यो ।

आइतबार परिसूचक २८९४ बिन्दुमा पुगेर कारोबार रोकियो । सोमबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन ।

मंगलबार बजारमा भारी करेक्सन देखियो । १११.९६ अंकले बजार घट्दै परिसूचक २७८२.६० बिन्दुमा झ¥यो । बुधबार कारोबारको अन्तिम समयमा आएर बजारमा झिनो अंकको वृद्धि भयो । त्यो दिन ३.८० अंकले परिसूचक उक्लियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले बजार करेक्सनमा गयो । तीव्र उतारचढावका बीच बिहीबार परिसूचक २८०० बिन्दुसम्म उक्लिएको थियो । अन्त्यमा २७४९.५७ बिन्दुमा आएर कारोबार रोकियो ।

बिहीबार ३२२ कम्पनीको २८ लाख ३४ हजार सेयर खरिदबिक्री भयो । नेप्सेका अनुसार यस दिन कुल १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भयो ।

नेप्से परिसूचकसँगै यो साता कारोबार रकम पनि घट्यो । आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबार १८ अर्ब ४६ करोड र बुधबार १३ अर्ब ४९ करोडको सेयर किनबेच भयो । यो साताको नेप्से परिसूचकको उच्च बिन्दु २८९४ बिन्दु रह्यो ।

अघिल्लो साता तीन दिनमात्रै सेयर कारोबार भएको थियो । जसमा परिसूचक १० अंकले उक्लिएको थियो । अघिल्लो साताको उच्च बिन्दु २९७४ थियो ।

Published Date: 30 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय