आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, भदौ १५ । आज २०८१ भदौ १५ गते शनिबार, तद्अनुसार ३१ अगष्ट २०२४ । आज भदौ कृष्ण त्रयोदशी, वरियान गर पुष्य, शनि प्रदोष व्रत, सूर्योदय बिहानः ०५ः४२ बजे, सूर्यास्त साँझ १८ः२५ बजे ।

आजको राशिफल

मेष: लगानीले लाभ दिनेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । कार्य प्रणालीमा सुधार हुनेछ ।

वृष: लाभको अवसर हात पर्नेछ । लगानीले लाभ दिने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मिथुन: जोखिमपूर्ण कार्य नगर्नु होला । आवश्यक वस्तु हराउन सक्ने छ, सावधान रहनु होला । अप्रत्याशित खर्च बढ्न सक्ने छ ।

कर्कट: वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । स्त्री वर्गबाट सहयोग प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । व्यापारमा वृद्धिको योग छ ।

कन्या: यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । कुनै मांगलिक कार्यको आयोजना हुनसक्छ ।

तुला: व्यापार–व्यवसायबाट लाभ हुनेछ । दौड़धूप बढ्ने छ । थकान तथा कमजोरी हुनसक्छ ।

वृश्चिक: सानो प्रयासले नै कार्यसिद्धि हुनाले प्रसन्नता बढ्ने छ । लगानीबाट लाभ हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्ने छ ।

धनु: शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ । विवाद नगर्नु होला ।

मकर: व्यावसायिक यात्रा लाभदायक रहने छ । आम्दानीमा वृद्धि हुनेछ । बुद्धिको प्रयोग गर्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: थकान महसूस हुनेछ । पुराना रोग बल्झिने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छन् । लगानीबाट लाभ हुनेछ । प्रसन्नता रहने छ ।

Published Date: 31 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय