बलिउड अभिनेत्री शिल्पा शेट्टी योगा क्वीन भनेर कसरि परिचित भईन् ?

बलिउड अभिनेत्री शिल्पा शेट्टी योगा क्वीन भनेर कसरि परिचित भईन् ? : Icon Khabar

मुम्बई, भदौ १४ । बलिउड अभिनेत्री शिल्पा शेट्टी योगा क्वीन भनेर पनि परिचित छिन् । उनी फ्यानहरुसंग आफ्नो फिटनेसका भिडियोहरु सामाजिक सञ्जालमार्फत शेयर गरिरहेकी हुन्छिन् ।

केहि समय अगाडि उनले वर्कआउट गर्दा आफूले प्रायः गुरदास मानका गीतहरु सुन्ने बताएकी छिन् । शिल्पा भन्छिन् – ‘मेरो विवाह एक पञ्जाबी परिवारमा भएको हुँदा म आधा पञ्जाबी बनेँ । म पहिला पनि गुरदासको प्रशंसक थिएँ, तर अहिले उनका गीतको अर्थको गहिराई मलाई मेरो श्रीमानले सम्झाउनु भयो ।’

‘गुरदास मानको मेरो श्रीमान् ठूलो प्रशंसक हुनु हुन्छ । हामी जिममा पनि उहाँकै गीत सुन्छौँ र उहाँलाई सुन्दा हामीमा उर्जा थपिन्छ । उहाँका गीतमा केहि विशेष छ । तर मेरो मन पर्ने गीत
‘की बनूँ दुनियाँ दा’ हो । एक दिन यो गीत सुन्दा–सुन्दै मेरो आँखाबाट आँशू नै आयो ।’

गुरदासको प्रशंसा गर्दै शिल्पा भन्छिन् – ‘तपाईँको प्रशंसक संसारमा यति धेरै छन्, गैर पञ्जाबी स्रोता पनि तपाईँको गीत सुनेर रुन्छन् । तपाईँका गीत उत्कृष्ट छन् भन्ने मलाई थाहा थियो, तर तपाईँले आफ्ना गीत आफैँ लेख्नुहुन्छ भन्ने थाहा पाएँ, जुन अति नै अद्भूत छ । हरेक गीतमा एउटा सन्देश हुन्छ । यो पक्ष मलाई वास्तवमै अद्भूत लाग्छ ।’

Published Date: 30 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय