बलिउड अभिनेत्री शिल्पा शेट्टी योगा क्वीन भनेर कसरि परिचित भईन् ?

बलिउड अभिनेत्री शिल्पा शेट्टी योगा क्वीन भनेर कसरि परिचित भईन् ? : Icon Khabar

मुम्बई, भदौ १४ । बलिउड अभिनेत्री शिल्पा शेट्टी योगा क्वीन भनेर पनि परिचित छिन् । उनी फ्यानहरुसंग आफ्नो फिटनेसका भिडियोहरु सामाजिक सञ्जालमार्फत शेयर गरिरहेकी हुन्छिन् ।

केहि समय अगाडि उनले वर्कआउट गर्दा आफूले प्रायः गुरदास मानका गीतहरु सुन्ने बताएकी छिन् । शिल्पा भन्छिन् – ‘मेरो विवाह एक पञ्जाबी परिवारमा भएको हुँदा म आधा पञ्जाबी बनेँ । म पहिला पनि गुरदासको प्रशंसक थिएँ, तर अहिले उनका गीतको अर्थको गहिराई मलाई मेरो श्रीमानले सम्झाउनु भयो ।’

‘गुरदास मानको मेरो श्रीमान् ठूलो प्रशंसक हुनु हुन्छ । हामी जिममा पनि उहाँकै गीत सुन्छौँ र उहाँलाई सुन्दा हामीमा उर्जा थपिन्छ । उहाँका गीतमा केहि विशेष छ । तर मेरो मन पर्ने गीत
‘की बनूँ दुनियाँ दा’ हो । एक दिन यो गीत सुन्दा–सुन्दै मेरो आँखाबाट आँशू नै आयो ।’

गुरदासको प्रशंसा गर्दै शिल्पा भन्छिन् – ‘तपाईँको प्रशंसक संसारमा यति धेरै छन्, गैर पञ्जाबी स्रोता पनि तपाईँको गीत सुनेर रुन्छन् । तपाईँका गीत उत्कृष्ट छन् भन्ने मलाई थाहा थियो, तर तपाईँले आफ्ना गीत आफैँ लेख्नुहुन्छ भन्ने थाहा पाएँ, जुन अति नै अद्भूत छ । हरेक गीतमा एउटा सन्देश हुन्छ । यो पक्ष मलाई वास्तवमै अद्भूत लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू