भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु : Icon Khabar

भक्तपुर, भदौ १३ । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको छतबाट लडेर मृत्यु भएको हो ।

बुधबार साँझ पौने ६ बजे छतबाट धानखेतमा खसेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि भक्तपुर अस्पता लगिएको र चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

उनको काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोस्टमार्टम गरिएको छ ।

Published Date: 29 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड