अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्वीर सार्वजनिक

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्वीर सार्वजनिक : Icon Khabar

काठमाडौँ, भदौ १३  । अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ । ह्युस्टन प्रहरीले बुधबार गोली चलाउने अभियुक्तको तस्वीर सार्वजनिक गरेको हो । तर अभियुक्तको पहिचान अझै खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले समाचार लेखेको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत नेपालको भोजपुरकी २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फोला परेकी थिइन् । उनीमाथि गोली हानिएको थियो । सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् । ती व्यक्ति को हुन् भन्ने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले जनाएको छ । प्रहरीले अभियुक्त पहिचानका लागि समुदायलाई सहयोग गर्न आग्रह गरेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरिएको छ । गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो ।

शनिबारदेखि सम्पर्कविहीन उनी सोमबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ । नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो । उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन् । आफ्नी छोरी एक अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन् । प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।

Published Date: 29 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास