आजकाे मौसम पूर्वानुमान: पाँच प्रदेशका केहि स्थानमा मुसलधारे पानी पर्ने

आजकाे मौसम पूर्वानुमान: पाँच प्रदेशका केहि स्थानमा मुसलधारे पानी पर्ने : Icon Khabar

काठमाडौँ, साउन ३२ ।  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले (शुक्रबार) बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गुल्मी, जाजरकोटलगायत केही जिल्लाका केही स्थानमा भारी वर्षा भएको छ । बागलुङको गलकोटमा पछिल्लो १२ घण्टामा ८३.४ मिलिमिटर पानी परेको छ । जल तथा मौसम विज्ञान विभागले अद्यावधिक गरेको तथ्यांकअनुसार गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै म्याग्दीको मुनामा ६९.२, पर्वतको पन्चासेमा ६४.६ मिलिमिटर वर्षा मापन भएको छ । नेपाल बाढी सूचना केन्द्रले यी स्थान भई बग्ने खोलाको जल सतह बढ्ने पूर्वामानु गरेको छ । त्यस्तै भिरालो जमिनमा पहिरोको सम्भावना हुने हुँदा सतर्क रहन पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 August 2024
Website | + posts