आजकाे मौसम पूर्वानुमान: पाँच प्रदेशका केहि स्थानमा मुसलधारे पानी पर्ने

आजकाे मौसम पूर्वानुमान: पाँच प्रदेशका केहि स्थानमा मुसलधारे पानी पर्ने : Icon Khabar

काठमाडौँ, साउन ३२ ।  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले (शुक्रबार) बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गुल्मी, जाजरकोटलगायत केही जिल्लाका केही स्थानमा भारी वर्षा भएको छ । बागलुङको गलकोटमा पछिल्लो १२ घण्टामा ८३.४ मिलिमिटर पानी परेको छ । जल तथा मौसम विज्ञान विभागले अद्यावधिक गरेको तथ्यांकअनुसार गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै म्याग्दीको मुनामा ६९.२, पर्वतको पन्चासेमा ६४.६ मिलिमिटर वर्षा मापन भएको छ । नेपाल बाढी सूचना केन्द्रले यी स्थान भई बग्ने खोलाको जल सतह बढ्ने पूर्वामानु गरेको छ । त्यस्तै भिरालो जमिनमा पहिरोको सम्भावना हुने हुँदा सतर्क रहन पनि भनेको छ ।

Published Date: 16 August 2024


ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली