रोनाल्डोको एक गोलसँगै अल नासर फाइनलमा

रोनाल्डोको एक गोलसँगै अल नासर फाइनलमा : Icon Khabar

काठमाडौँ, साउन ३२ । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

प्रो–लिग प्रतिद्धन्द्धी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे ।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा राति भएको खेलको सातौँ मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले रोनाल्डोको पासलाई सदुपयोग गरे ।

पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७औँ मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, त्यसको असर अल नासरलाई यस खेलमा परेन । अब अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ ।

Published Date: 16 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय