रोनाल्डोको एक गोलसँगै अल नासर फाइनलमा

रोनाल्डोको एक गोलसँगै अल नासर फाइनलमा : Icon Khabar

काठमाडौँ, साउन ३२ । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

प्रो–लिग प्रतिद्धन्द्धी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे ।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा राति भएको खेलको सातौँ मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले रोनाल्डोको पासलाई सदुपयोग गरे ।

पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७औँ मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, त्यसको असर अल नासरलाई यस खेलमा परेन । अब अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 August 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन