आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन २८ । आज २०८१ साउन २८ गते सोमबार, तद्अनुसार १२ अगष्ट २०२४ । आज साउन शुक्ल सप्तमी, शुक्ल वणिज स्वाति, सूर्योदय बिहानः ०५ः३३ बजे, सूर्यास्त साँझः १८ः४४ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा रुचि रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: व्यवसाय सामान्य चल्ने छ । ठूला मानिसको सल्लाह मान्नु भयो भने लाग हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथुन: व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यहरुको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । प्रयास बढी गर्नु पर्नेछ, धैर्य राख्नु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजारमा सफलता मिल्ने छ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायको गति सुस्त हुनेछ । कुनै ठूलो समस्या आउन सक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: व्यापारमा वृद्धि हुनेछ । नयाँ योजना बन्ने छ, जसको तत्काल लाभ पाइने छ । यश बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts