गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा ९३ जनाको मृत्यु

गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा ९३ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, साउन २७ । युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेको गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।

बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात ७० जनाको मृत्यु भएको उल्लेख गरे पनि संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको छ, जहाँ लाखौं व्यक्तिहरुले आश्रय लिइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ । कार्यालयका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको छ ।

यी आक्रमणबाट अधिकांश निर्दोष सर्वसाधारण मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जारी युद्धमा ३९ हजार ६९९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन् । गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन् ।

गत ७ अक्टुबरमा हमास र केही प्यालेस्टिनी चरमपन्थी समूहले इजरायलको दक्षिणी क्षेत्रमा आतंकवादी आक्रमण गरेका थिए । सो आक्रमणबाट १ हजार २०० जनाको मृत्यु भएको थियो । मारिनेमा १० जना नेपालीहरु पनि थिए । विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर गाजा क्षेत्रमा लगिएको थियो । त्यही बेलादेखि इजरायलले आतंकवादीलाई समाप्त पार्ने भन्दै आक्रमण सुरु गरेको थियो । बन्धक बनाइएकाहरुलाई रिहा र युद्ध अन्त्यको प्रयास भइरहे पनि सफल भएको छैन ।

Published Date: 11 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास