आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २७ । आइतबार सुनको मूल्य थप बढेको छ । आज तोलामा ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २७ हजार ५७० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७४ रुपैयाँ ५० पैसा रहेको छ ।

Published Date: 11 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक