आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २७ । आइतबार सुनको मूल्य थप बढेको छ । आज तोलामा ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २७ हजार ५७० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७४ रुपैयाँ ५० पैसा रहेको छ ।

Published Date: 11 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास